सूचनाको शक्ति - The Power Of Information

        

वर्ड फ्लुको सङ्क्रमण कोरोनाभन्दा १०० गुणा बढी खतरनाक !

वर्ड फ्लुको सङ्क्रमण द्रुत रूपमा महामारीको रूप लिन सक्ने र यसबाट हुने मृत्युदरलाई विचार गर्दा यो कोरोना महामारीभन्दा सय गुणा बढी खतरनाक साबित हुन सक्नेछ ।

एच५एन१ भाइरस गम्भीर अवस्थातर्फ गइरहेको र यसले विश्वव्यापी महामारी निम्त्याउन सक्ने ठुलो डर रहेको दाबी वैज्ञानिकहरूको दाबी छ । पिट्सबर्गमा वर्ड फ्लुबारे अनुसन्धान गरिरहेका एक वैज्ञानिकले यस्तो चेतावनी दिएका हुन् ।

एच५एन१ भाइरसले मानिसलगायत धेरै स्तनधारी जीवहरूलाई सङ्क्रमण गर्न सक्ने चेतावनी वैज्ञानिक डा. सुरेश कुचिपुडीले दिएका छन् । कुचिपुडीका अनुसार भाइरस महामारी निम्त्याउन सक्ने दिशामा सर्दै गएको छ । वर्ड फ्लुको सङ्क्रमण विश्वका धेरै ठाउँमा रहेको र धेरै सङ्ख्यामा स्तनधारी जीवलाई यसले सङ्क्रमित बनाइरहेको छ ।

भाइरसविरुद्ध तयारी गर्ने बेला आएको अन्यथा अवस्था गम्भीर हुन सक्ने उनी बताउँछन् । वर्ड फ्लुको सङ्क्रमण कोरोना महामारीभन्दा खतरनाक साबित हुनसक्ने भन्दै समाचारहरूमा अर्का विज्ञलाई उद्धृत गरिएको छ ।

वर्ड फ्लुको महामारी कोरोना महामारीभन्दा सय गुणा बढी खतरनाक साबित हुन सक्ने दाबी उनले गरेका छन् । वर्ड फ्लुको महामारीमा मृत्युदर कोरोनाको भन्दा धेरै हुने र भाइरस म्युटेट हुन थाल्यो भने यसले गम्भीर रूप लिने खतरा रहेको पनि बताइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको डरलाग्दो तथ्याङ्क

विश्व स्वास्थ्य सङ्गठनको तथ्यांकअनुसार सन् २००३ देखि एच५एन१ भाइरसबाट सङ्क्रमित भएका प्रत्येक १०० बिरामीमध्ये ५२ जनाको मृत्यु भएको छ । यसरी, वर्ड फ्लुको मृत्यु दर ५० प्रतिशत भन्दा बढी छ ।

कोभिड महामारीको सुरुमा केही ठाउँमा यसको मृत्युदर २० प्रतिशत थियो, जुन पछि ० दशमलव १ प्रतिशतमा झरेको थियो । हालसम्म ८८७ जना मात्रै वर्ड फ्लु देखिएको छ । यसमध्ये ४६२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार ०७:०६

लोकप्रिय