नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रित–आंशिक प्रभाव छ । जसका कारण यतिबेला (शनिबार बिहान) देशका पहाडी भेगमा मौसम आंशिक बदली भएको छ ।
बाँकी स्थानमा भने मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार दिउँसो देशभरआंशिकदेखि साधारणतया बदली रहनेछ ।
उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ । महाशाखाका अनुसार राति देशभर आंशिक बद देखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।
मौसम बदली हुने भए पनि आज कतै पानी पर्ने सम्भावना भने महाशाखाले देखाएको छैन । मौसमविद्का अनुसार मुख्यतया सफा भनेको सम्बन्धित क्षेत्रको आकाशको २५ प्रतिशतबाहेक सबै भाग सफा रहनु हो भने आंशिक बदली भनेको सम्बन्धित क्षेत्रको आकाश २६ देखि ५० प्रतिशतसम्म भागमा बादल देखिनु हो, बाँकी सफा रहनु हो ।
यस्तै साधारणतया बदली भनेको आंशिक बदलीको अवस्थामा भन्दा अलि बढी बादल देखिनु हो । अर्थात् साधारणतया बदलीमा सम्बन्धित क्षेत्रको आकाश ५० देखि ७५ प्रतिशतसम्म भागमा बादल लाग्नु र बाँकी मात्र सफा रहनु हो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं