पालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १५ स्थित जमुनाहा गाउँमा सडक बत्ती जडान तथा पीच सडक निर्माण कार्यको सुरुवात गरिएको छ ।
सुर्खेत रोडदेखि जमुनाहा गाउँसम्म ४० वटा पोलमा सडक बत्ती जडान, २२० मिटर लामो सडक पीच, माटो पटान तथा नालामा ढक्कन हाल्ने योजनाको सुरुवात गरिएको हो । नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले शुक्ववार उक्त योजनाको शुभारम्भ गरेका छन् ।
आगामी जेठ १५ गतेभित्र काम सक्ने गरी ए.एन.डी. कन्स्ट्रक्सन ग्रुप बाँकेले ठेक्का पारेको छ । ४७ लाख ८८ हजार लागतमा सडक बत्ती जडान, सडक स्तरोन्नति तथा नालामा ढक्कन हाल्ने काम सम्पन्न हुने नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनियर प्रदिप कुमार हरिजनले जानकारी दिए ।
उक्त योजनाको शुभारम्भ गर्दै नगर प्रमुख प्रशान्त विष्टले सामुदायिक सहभागितामा तोकिएकै समय सीमाभित्र गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिए ।
कार्यक्रममा उप्रमुख राई, वडा नम्बर १५ का वडा अध्यक्ष मदन विक्रम शाह, नेपालगञ्ज उपमहानगरपालिका नापी शाखा प्रमुख मनराज थापा, ए.एन.डी. कन्स्ट्रक्सनका प्रोप्राइटर निराजन ढुंगाना लगायतको उपस्थिति थियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके