चितवनको भरतपुरमा निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको थप पूर्वाधार निर्माणका लागि टेण्डर आह्वान भएको छ ।
बजेट अभावले निर्माण रोकिएको रङ्गशालाकाे पुनर्निर्माणको लागि ३० दिनको म्याद राखेर एक अर्ब १० करोड रुपैयाँको ठेक्का आह्वान भएको हो ।
यसअघि रङ्गशाला प्रकृतिको काम गरेको निर्माण कम्पनीलाई प्राथमिकता दिइने भरतपुर महानगरपालिकाले जनाएको छ । रङ्गशाला निर्माणको लागि छनौट भएको कम्पनीले साढे २ वर्षभित्र रङ्गशाला बनाइसक्नु पर्नेछ । टेण्डर भएको मितिले ३० महिनामा काम पूरा गरिसक्नुपर्ने भनिएको छ ।
शुरुमा रङ्गशाला निर्माण थालेको धुर्मुस सुन्तली फाण्डेशनले बजेट अभाव भएपछि काम रोकेको थियो । सङ्घीय सरकारले रङ्गशाला निर्माणमा सहयोग गर्ने भएपछि आयोजनाको काम अघि बढेको हो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । चितवन