बलिउड अभिनेता मिथुन चक्रवर्ती अस्पताल भर्ना भएका छन्।
उनलाई शनिबार अस्पताल भर्ना गरिएको हो। अस्पताल भर्ना भएका उनलाई अहिले आइसियुबाट निकालिएको छ।
शनिबार उनलाई एक्कासी छाती दुखेपछि भारतको अपोलो अस्पतालमा लगिएको थियो। उनलाई इस्केमिक सेरेब्रोभास्कुलर दुर्घटना (स्ट्रोक) भएको छ।
उनको स्वास्थ्य अवस्थाबारे अस्पतालले जानकारी दिइरहेको छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार हाल उनको स्वास्थ्य अवस्था सुधार देखिएको छ।
७३ वर्ष पुगेका उनलाई न्युरो फिजिसियन, कार्डियोलोजिस्ट र ग्यास्ट्रोएन्टेरोलजिस्ट सहितको चिकित्सक समुहले उपचार गरिरहेका छन्।
उनलाई देखिएको इस्केमिक रोग रगत जमेको कारण हुन्छ। यसले गर्दा मस्तिष्कमा हुने रगतको प्रवाहको नलीलाई रोकिदिन्छ।
मिथुनले थुप्रै बलिउड फिल्ममा काम गरेका छन्।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ