सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान भएको छ।
खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने प्रमुख कार्यकारी अधिकृत पदका लागि बुधबार दरखास्त आह्वान भएको हो।
प्रमुख कार्यकारी अधिकृत पदका लागि बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्क शास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको शैक्षिक उपाधि हासिल गरेको हुनुपर्ने जनाइएको छ।
योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको (माघ २४ गते, बुधबारको) मितिले २१ दिनभित्र आवेदन दिन सक्ने बताइएको छ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ