देशका केही भू–भागमा आज हिमपातको सम्भावना छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा हिमपातको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशका पहाडी भू–भागमा आंशिक बदल रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।
तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । हिजो काठमाडौंको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस रहेको थियो ।
‘आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहे पनि वर्षाको सम्भावना भने छैन,’ मौसमविद् गोविन्द झाले भने, ‘पश्चिमी वायुको आंशिक प्रभाव मात्रै रहेकाले आज वर्षाको सम्भावना भने छैन ।’
विभागले दिउँसो कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
विभागका अनुसार राति कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं