अर्थतन्त्रलाई आर्थिक मन्दीबाट बाहिर ल्याउने उद्देश्यका साथ बाँकेको कोहलपुरमा माघ २५ देखि फागुन ५ गतेसम्म पाँचौ औद्योगिक लघु, घरेलु तथा कृषि, प्रविधि व्यापार महोत्सव–२०८० हुने भएको छ ।
यस पटक सो महोत्सवलाई विगतभन्दा बहुआयामिक र पृथक हुने गरि सञ्चालन गरिने घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिले जनाएको छ ।
घरेलु तथा साना उद्योग महासंघ कोहलपुरका अध्यक्ष हेमविक्रम जिसिले सो महोत्सवमा स—साना उद्योगहरुबाट निर्मित सामग्रीहरु, कृषिका विविध विद्यासँगै घरेलु हस्तकला, काष्ठकला एवम् नेपाली कपडाका स्टलहरुसँगै अन्य विविध गतिविधिमार्फत् महोत्सवलाई आकर्षित बनाइने योजना रहेको बताउनुभयो ।
उहाँले ‘मेहनत, सृजना, उत्पादन र वस्तु मेरै नेपालको’ भन्ने मूल नाराका साथ आयोजना गरिने महोत्सवमा विभिन्न वस्तु तथा सामग्रीहरुका तीन सयदेखि ३५० वटा स्टलहरु रहने बताउनुभयो ।
सो महोत्सवबाट बाँकेको आर्थिक गतिविधिलाई चलायमान बनाउन ठुलो सहयोग मिल्ने अध्यक्ष जिसिले बताउनुभयो । उहाँले स्थानीय उत्पादनलाई प्रोत्साहान गर्दै उत्पादन गरेका वस्तुहरुलाई बजारीकरण गर्ने र त्यसका लागि उचित फोरम उपलब्ध गराउने उद्देश्यले महोत्सव सञ्चालन गरिने बताउनुभयो ।
अध्यक्ष जिसिले थप्नुभयो, “स्थानीय उद्यमी, व्यवसायी तथा कृषकहरुले उत्पादन गरेका वस्तुहरुका लागि महोत्सवमा निःशुल्क स्टल उपलब्ध गराउने छौं, त्यसको कोटा समेत छुट्याईको छ ।”
महासंघका अनुसार अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेश दिइने व्यवस्था मिलाइएको छ भने अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकहरुलाई मञ्चको अगाडी विशेष स्थान छुट्याइएको छ ।
घरेलु तथा साना उद्योग महासंघ कोहलपुरका महासचिव हिमलाल घिमिरेले ग्रामीण स्तरका किसानहरुले समेत महोत्सवमा स्टल राख्न चाहेको भन्दै स्थानीय सरकार र घरेलु कार्यालयको सहयोगमा त्यस्ता स्टल निःशुल्क राखिने बताउनुभयो ।
यस्तै, महोत्सव प्रचारप्रसार समितिका संयोजक ईश्वरी शर्माले सुरक्षाका दृष्टिले सिसिटिभि सहित ३ वटा आपतकालिन गेट रहेको र सुरक्षा बन्दोवस्तका लागि नगर प्रहरी तथा सरकारी सुरक्षा निकायसँग समन्वय भइरहेको बताउनुभयो ।
उहाँले कोहलपुरमा विगतमा सम्पन्न भएका महोत्सवका नाममा मेला लगाउनेहरुले खर्च÷आम्दानी सार्वजनिक नगर्ने गरेकोमा यस पटक सो परिपाटिलाई अन्त्य गरेर खर्च÷आम्दानी तत्कालनै सार्वजनिक गरिने बताउनुभयो ।
महोत्सवको कला, संस्कृति, झाँकी व्यवस्थापन उपसमितिका संयोजक महोदत्त कँडेलले महोत्सवमा थारु संग्राहलय, मगर संग्राहलय लगायत स्थानिय लोपउन्मुख खाद्य वस्तुका स्टल, स्थानिय तथा राष्ट्रिय कलाकारहरुको सांस्कृतिक कार्यक्रम हुने र महोत्सवमा दुई लाख दर्शक भित्राउने लक्ष्य रहेको बताउनुभयो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके