सूचनाको शक्ति - The Power Of Information

        

विल्सनको `लाउरे एण्ड दाउरे’ मा विजय बराल अनुबन्धित

फिल्म  ‘लाउरे एण्ड दाउरे’मा कलाकार विजय बराल अनुबन्धित भएका छन् ।

अभिनेता विल्सन विक्रम राईको डेव्यु निर्देशकिय फिल्ममा कलाकार बिजय अनुबन्धित भएको निर्माण टिमले जानकारी गराएको हो । यसअधि नै मुख्य भुमिकामा अभिनेता दयाहाङ राई र बुद्धि तामाङ अनुबन्धित भैसकेका छन् ।

विल्सनकै निर्माण कम्पनी तक्मे प्रोडक्सनले फिल्म बनाउन लागेको हो । कमेडी र लभस्टोरीको कथावस्तुमा निर्माण हुन लागेको फिल्मको लेखन विल्सन स्वयमले गर्नेछन् ।

फिल्ममा अभिनय गर्ने मुख्य अभिनेत्रीको केही समयमा टुङगो लाग्ने छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार ०७:५५

लोकप्रिय