सूचनाको शक्ति - The Power Of Information

        

फिल्म `रङ्गेली´ को टिजर रिलिज (भिडियो)

फिल्म ‘रङ्गेली´ को नाम टिजर सार्वजनिक गरिएको छ ।

टिजरमा फिल्मका मुख्य कलाकार दयाह्याङ राईलाई देखाइएको छ ।  आगामी महाशिवरात्रिको अवसर पारेर फागुन २५ गते फिल्म प्रदर्शनमा आउने भएको छ ।

अर्जुन सुवेदीको लेखन तथा निर्देशनमा बनेको ‘रङ्गेली’मा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर मुख्य भूमिकामा छन् ।

फिल्मको कार्यकारी निर्मातामा जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा छन् भने निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् । युवक कार्की र शिव थपलिया सह-निर्माता हुन् ।

विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । सुशन प्रजापतिले फिल्मको छायांकन गरेका छ्न् ।  फिल्ममा दया र मिरुनाको अलावा अर्पण थापा, प्रवीण खतिवडा , सुन्दर धिताल लगायतको अभिनय रहेको छ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलवार १६:१०

लोकप्रिय