सूचनाको शक्ति - The Power Of Information

        

लाइन काटिएका उद्योगमा पुनः बिजुली जोड्दै विद्युत् प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले उद्योगहरूमा काटिएको बिजुलीको लाइन जोडिदिने निर्णय गरेको छ ।

शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले लाइन काटिएका डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको महसुल बक्यौता भएका ग्राहकहरूको विद्युत लाइन जोडिदिने निर्णय गरेको हो ।

यसअघि डेडिकेटेड फिडर तथा ट्रंक लाइन विद्युतको बक्यौता रकम नबुझाएको भन्दै प्राधिकरणले लाइन काटेको थियो । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले लाइन काटिएका उद्योगहरूमा बिजुलीको लाइन जोडिदिन प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको थियो ।

साथै मन्त्रिपरिषद् बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइन सम्बन्धी बिजुलीको विवाद छानबिन गर्न जाँचबुझ आयोगसमेत गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकको निर्णय सम्बन्धी पत्र बिहीबार ऊर्जा मन्त्रालयबाट प्राप्त भएपछि शुक्रबार प्राधिकरण सञ्चालक समितिको बैठक बसेको हो ।

प्रकाशित मिति : २७ पुष २०८०, शुक्रबार १२:०२

लोकप्रिय