सूचनाको शक्ति - The Power Of Information

        

दिपेन्द्रप्रकाश केसीको निर्देशनमा ‘नजाने भो हाम्रो दुःख’ (भिडियाेसहित)

सविना र नारद पोखरेलको राष्ट्रिय भाव झल्काउने ‘नजाने भो हाम्रो दुःख’ बोलको गीत सार्वजनिक भएको छ ।

एक कार्यक्रमकाबीच गीतको भिडियो सार्वजनिक गरिएको हो ।

शिशिर योगीको स्वर, नारद पोखरेलको शब्द, ज्योती प्रकाशको संगीत रहेको गीतको भिडियोमा शुरविर पण्डित ‘दारी बा’, रश्मि भट्ट र राजानन्द माण्डव्यको अभिनय रहेको छ ।

ओएसआर डिजिटल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोले युवाहरु विदेश पलायन हुनुपर्ने बाध्यता, बेरोजगार युवाहरुको समस्यालगायत बाबुआमाले भोग्नुपरेको यथार्थ कथालाई चित्रण गरेको छ ।

गोविन्द अन्जानको छायांकन, कल्पेश विश्वकर्माको सम्पादन रहेको गीतको भिडियोलाई दिपेन्द्रप्रकाश केसीले निर्देशन गरेका हुन । भिडियोको छायांकन मकवानपुर जिल्लाको थाहा नगरपालिकास्थित कुन्छाल गाउँमा भएको हो।

प्रकाशित मिति : १९ पुष २०८०, बिहीबार ०८:४७

लोकप्रिय