सूचनाको शक्ति - The Power Of Information

        

सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल, रजिस्ट्रारमा पौडेल सिफारिस

 न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा देवेन्द्रराज ढकाल र रजिस्ट्रारमा विमल पौडेलको नाम सिफारिस गरेको छ ।

आयोगले बुधबार न्याय परिषद्का सचिव ढकाललाई मुख्य रजिस्ट्रार र सर्वोच्च अदालतका सह रजिस्ट्रार पौडेललाई रजिस्ट्रारमा सिफारिस गरेको हो ।

सर्वोच्च अदालतमा मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र रजिस्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा सिफारिस भएसँगै दुवै पद रिक्त रहँदै आएको थियो ।

403647797_913667273615271_8467370302054727618_n

प्रकाशित मिति : १८ पुष २०८०, बुधबार १२:२७

लोकप्रिय