लगातार पाँचौँ दिन आज साेमवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव ७५ अङ्कले घटेर दुई हजार ६० दशमलव १५ विन्दुमा झरेको छ ।
आज बैंकिङ, विकास बैंक, उत्पादन र व्यापार समूहको शेयर सामान्य बढेकोमा अरू समूहको शेयर सामान्य घटेको छ । सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनीको शेयर आठ प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटेको दिन आज सीईडीबी हाइड्रोपावर विकास कम्पनी, चिरख्वा हाइड्रो, नेपाल वेयरिङ हाउस, हाथवे इन्भेस्टमेन्ट कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
आज एक करोड १८ लाख कित्ता शेयर चार अर्ब ४८ करोड ३९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्ट र सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २० करोड रुपैयाँभन्दा धेरैको शेयर खरिद/बिक्री भएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ