पूर्वराजा ज्ञानेन्द्र शाहसँगै उनका नाति हृदयेन्द्र शाह एउटै मञ्चमा देखिएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका–३ खैरेन्द्रपुर चौराहाको एक कार्यक्रममा पूर्व नवयुराज हृदयेन्द्र हजुरबुवासँगै देखिएका हुन् ।
यसरी सार्वजनिक कार्यक्रममा हजुरबुवा र नातिलाई पहिलो पटक प्रमुख अतिथि बनाइएको हो । सँगै देखिएका ज्ञानेन्द्र र हृदयेन्द्रले चौराहामा निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका थिए ।
पछिल्लो समय केही समूहहरु राजसंस्था फर्काउन सक्रिय भएर लागिपरेका छन् । त्यसलाई नै मुद्दा बनाएर संसद्मा रहेको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि सडक संघर्षमा जाने निर्णय गरिसकेको छ ।
यता ज्ञानेन्द्रमा पनि फेरि राजा भइन्छ कि भन्ने झिनो आशा देखिन्छ । अर्कोतिर उनीपछिका उत्तराधिकारी पूर्वयुवराज पारस शाहले राजसंस्था फर्किए पनि आफू राजा नबन्ने बारम्बार बताएका छन् । त्यो त उनको छविलाई लिएर पनि प्रश्न उठ्ने गरेको छ ।
यस्तोमा शनिवारको कार्यक्रममा सँगै प्रमुख अतिथि लगेर ज्ञानेन्द्रले आफ्ना उत्तराधिकारीको रुपमा नाति हृदयेन्द्रलाई अघि सारेको हुनसक्ने विश्लेषण गरिएको छ । ज्ञानेन्द्रले अनावरण गरेको सालिक शिवराज नगरपालिकाद्धारा २५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो । राप्रपाबाट मेयरमा निर्वाचित अजय थापाले त्यहाँ पृथ्वीनारायण शाहको सालिक निर्माण गरेका थिए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं