सूचनाको शक्ति - The Power Of Information

        

फिल्म `नम्बरी सुन´ को `तिमी बर र म पिपल´ रिलिज (भिडियो)

फिल्म ‘नम्बरी सुन’को नयाँ गीत ‘तिमी बर म पीपल’ सार्वजनिक भएको छ । प्रताप दास र अनु चौधरीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ ।

गीतमा आदेश गुर्माचनको एरेन्ज, नरेश बिबिसीको मिक्सिङ र मास्टरिङ छ । फिल्मको गीतमा कलाकार गौरव पहारी र नम्रता सापकोटाको अभिनय छ ।

   फिल्ममा गौरव र नम्रताका अलावा सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सबिन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता बस्नेत र राजेन्द्र गिरीको अभिनय छ ।

राजु गिरीको निर्देशन रहेको फिल्ममा शिवम् अधिकारीको कथा र पटकथा छ भने आगामी माघ १९ गतेबाट फिल्म रिलिज हुने छ ।

प्रकाशित मिति : २ पुष २०८०, सोमबार १०:१६

लोकप्रिय