कलाकार हरिवंश आचार्यले चेलबेटी बेचबिखनसम्बन्धी नयाँ गीत ल्याएका छन्। हरिवंशको स्वरमा ‘हिड माया हिड’ बोलको गीत सार्वजनिक भएको छ।
माइती नेपालको प्रस्तुतिमा बनेको गीतमा हरिवंशकै शब्द र संगीत छ भने स्वरमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छन्। साहस शाक्यको एरेन्ज रहेको गीतलाई श्यामश्वेत रसाइलीको मिक्सिङ गरेका हुन्।
चेलीबेटी बेचबिखनको कथा गीतमा समेटिएको हरिवंशले बताए। यो समस्या समाधान नभएसम्म यस विषयमा निरन्तर जनचेतनामूलक गीत गाइरहने उनको भनाइ छ।
‘यो चेलीबेटी बेचबिखनसम्बन्धी जनचेतनामूलक गीत हो। चेलबेटी बेचबिखनसम्बन्धी समस्या हाम्रो देशको नियतिजस्तै भइसक्यो। पहिले पहिले चेलीबेटीहरुलाई भारतमा लगेर बेचिन्थ्यो, अहिले त्यो खाडी मुलुकसहित अफ्रिकालगायत अन्य मुलुकतिर पनि सरेको छ।
मसाज सेन्टर या डान्सबारको काम भनेर लाने तर त्यहाँ पुर्याएपछि देह व्यापारमा लगाउने, यातना दिनेलगायतका समस्या बढिरहेका छन्। त्यही कथा हामीले गीतमार्फत भन्न खोजेका हौँ’, उनले भने।
गीतको भिडिओमा हरिवंशसँगै कलाकारहरु प्रियंका कार्की, कविता न्यौपाने, बालकृष्ण ओलीलगायतले अभिनय गरेका छन्।
गम्भीर विष्टको कन्सेप्ट र निर्देशन रहेको यो गीतको भिडिओमा कसरी गाउँगाउँबाट युवतीलाई ललाईफकाई विदेश पुर्याइन्छ भन्ने कथा छ।
पवन सुस्लिङले खिचेको गीतको भिडिओ प्रवीण भट्टले सम्पादन गरेका हुन्।
यसअघि पनि हरिवंशले चेलीबेटी बेचबिखनकै विषयमा ‘कर्कलो कोक्याउला’ र ‘काउली’ गीत ल्याइसकेका छन्।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ