सूचनाको शक्ति - The Power Of Information

        

एनिमलले तोडयो शाहरुखको जवानको ‘कलेक्सन् रेकर्ड’

सन् २०२३ शाहरुख खानका लागि उत्कृष्ट वर्ष रह्यो किनभने उनका दुई फिल्म पठान र जवान ब्लकबस्टर भएका छन् ।

योसँगै यी फिल्मको रेकर्ड कुनै पनि फिल्मले तोड्न सकेको छैन । तर रणवीर कपूरको एक्शन फिल्म एनिमलले यो रेकर्ड तोड्न कुनै कसर बाँकी राखेको छैन ।

यसैबीच, एनिमलको दोस्रो दिनको कमाइको तथ्यांक बाहिर आएको छ, जसले जवानलाई पछि पारेको देखिन्छ ।

सकनिल्कको प्रारम्भिक तथ्यांक अनुसार एनिमलले दोस्रो दिन ६६ करोड कमाएको छ, त्यसपछि रणवीर कपुरको फिल्मले १०० करोड नाघेको छ भने दुई दिनमा १२९.८० करोड कलेक्सन गरेको छ ।

पहिलो दिनको कुरा गर्ने हो भने एनिमलले ६३.८ करोडको ओपनिङ गरेको थियो, जसमध्ये फिल्मले हिन्दीमा ५४.७५ करोड, तेलुगुमा ८.५५ करोड, कन्नडमा ९ लाख, तमिलमा ४ लाख र मलायममा १ लाख रुपैयाँ कमाएको छ ।

पहिलो दिन नै एनिमलले पठान र जवानको कीर्तिमान तोड्न सकेको छैन । तर दोस्रो दिनको कमाईको मामिलामा उक्त एनिमलले जवानलाई उछिनेको छ ।

तथ्यांक अनुसार जवानले दोस्रो दिन ६३.५० करोड कमाएको थियो । पठानको संकलन ७० करोड ५० लाख थियो भने एनिमलको दोस्रो दिनको कमाई पठानलाई त सकेन तर जवानको भन्दा बढी थियो ।

पहिलो दिनको ओपनिङसँगै रणवीर कपूरको एनिमल टाइगर–३, केजीएफ–२ र बाहुबली–२ जस्ता फिल्मको रेकर्ड तोड्दै तेस्रो सर्वाधिक ओपनिङ गर्ने फिल्म बनेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतवार १०:५०

लोकप्रिय