नेपाली सेनाका अर्का एक उच्च अधिकृतविरुद्ध पनि शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै अजुरी परेको छ ।
रथीमा बढुवाको लाइनमा तेस्रो बरियतामा रहेकमा उपरथी निर्मलकुमार थापाविरुद्ध मंसिर ११ गते शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा छानविन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजरी परेको हो ।
उपरथी थापाविरुद्ध पनि उजुरी परेपछि नेपाली सेनाका उच्चाधिकारीहरु विवादै विवादमा रहेको पुष्टी भएको छ । यसअघि रथीमा बढुवाका लागि सिफारिस भएका उपरथी ताराध्वज पाण्डेको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिन बाध्य भएका थिए ।
थापाविरुद्ध अख्तियारमा पूर्व सैनिक अधिकृतहरुले प्रवीणता प्रमाणपत्र तह (आइए)को शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै छानबिनका लागि अख्तियारमा निवेदन दिएका हुन् । उनले भारतको गोरखपुर हाईस्कुलबाट ल्याइएको नक्कली प्रमाणपत्र ल्याएर २०४३ सालमा नेपाली सेनामा भर्ना भइ हाल उपरथी भएर सिरियामा कार्यरत रहेको निवेदनमा उल्लेख छ ।
बरियताको शीर्षस्थानमा रहेका उपरथी पाण्डेको राजीनामा स्वीकृति भएसँगै दोस्रो बरियतामा रहेका उपरथी अशोककुमार सिग्देल रथीका लागि बढुवा सिफारिस भइसकेका छन् । उनीविरुद्ध एक साताभित्र उजुरी दिनसकिने जंगी अड्डाले जनाएको छ । यदि सिग्देल रथीमा बढुवा भएको खण्डमा आगामी भदौमा नेपाली सेनाको कमाण्ड सम्हाल्नेछन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं