सूचनाको शक्ति - The Power Of Information

        

‘कार्साङ’मा अभिनेत्री मास्के अनुबन्धित

चलचित्र ‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन् ।

यसअघि मुख्य कलाकारका रूपमा दयाहाङ राई, बुद्धि तामाङ अनुबन्ध भइसकेको चलचित्रमा मास्के अनुबन्धित भएकी हुन् ।

यम शेर्पाको निर्देशनमा बन्न लागेको चलचित्रमा नायिकाको रूपमा सुरक्षा पन्त र नव–कलाकार छिरिङ शेर्पा फाइनल भइसकेका छन् ।

शिल्पा अनुबन्धित भएसँगै प्रमुख कलाकारहरूको ‘लाइनअप’ पूरा भएको छ । ‘कार्साङ’मा निर्देशक स्वयंको कथा, पटकथा तथा संवाद छ ।

‘कार्साङ’ शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुने बताइएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार १५:३९

लोकप्रिय