सूचनाको शक्ति - The Power Of Information

        

अछाममा टेम्पो दुर्घटना, दुईजनाको मृत्युु, चार घाइते

मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। चारजना घाइते भएका छन्।

कमलबजार नगरपािलकाबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र ०१००१ ह ५५४५ नम्बरको टेम्पो गएराति दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका टेम्पो चालक कमलबजार–४ का दीपक बोहरा र वडा नं २ का जनक खड्काको उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याउने क्रममा बीच बाटोमै मृत्युु भएको प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।

दुर्घटनामा परी कमलबजार–४ का दिनेश साउद र लक्ष्मण थापा तथा वडा नं ८ का वीरेन्द्र विष्ट र सोही वडाका देवेन्द्र विष्ट घाइते भएका छन् ।​ कमलबजार स्वास्थ्यचौकीमा उनीहरूको उपचार भइरहेको छ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार ०८:५९

लोकप्रिय