सूचनाको शक्ति - The Power Of Information

        

फूलमय बन्यो राजधानी काठमाडौं (तस्वीर कथा)

तिहार शुरु भएसँगै राजधानीका सडक किनार र सडकपेटी सयपत्री, मखमली र गोदावरी फूल र मालाले झकिझकाउ भएको छ । बजार, पसल, चोक, गल्लीहरुमा विभिन्न किसिमका माला र फूल बेच्न राखिएका छन् ।

काठमाडौं उपत्यकाभित्र र बाहिरबाट आएका व्यापारीहरु यतिबेला फूल बेच्न व्यस्त छन् । तिहारमा विशेषगरी मखमली, सयपत्री र गोदावरी फूलको माग उच्च हुन्छ । घर, पसल, व्यापारिक कम्प्लेक्सहरु फूल र मालाले चिटिक्क बनाइएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतवार २१:२३

लोकप्रिय