नेपालीहरुको दोश्रो ठूलो महान् पर्व तिहार । शब्दले नै मनमा छुट्टै रोमाञ्चकता प्रदान गर्छ । सुशोभित गराउछ । तिहार झिलिमिलि पर्व पनि हो । शरद ऋतुको आवगमनसंगै बिस्तारै दिन छोटो र रात लाम्बीदै जान्छ । जाडो यामको प्रारम्भ पनि हो । बडा दसैंको कोजाग्रत पूर्णिमापछि चन्द्रमा औंसी नजिक हुदै जान्छ । गाउ“घर हरियाली हराउदै सुक्खा र उजाड बन्दै गरेको याममा मखमली र सयपत्री फूल मगमगाउ“छन् । फूलको सुगन्धले एक प्रकारको दिव्य माहोल स्वतः बन्छ । तिहार सबै वर्गका मानिसको रमाइलो पर्व हो ।
यस पर्वको अन्तिम दिन भ्रातृ द्धितीया दिदीबहिनी र दाजुभाईका लागि विशेष दिन हो । प्राचिन समयमा कुनै सम्पर्क नहुने भएकोले बर्षमा एक दिन भए पनि दाजुभाईसँग आत्मियता साटासाट गर्ने दिनको रुपमा लिन सकिन्छ । जनबोलीमा यस दिनलाई भाइटीका भनिन्छ । नेपालका साथै चारतका कतिपय प्रान्तमा समेत भाइटीका मनाइन्छ, त्यहा भैयादुज भनिन्छ । बङ्गाली समुदायले पनि भाइटीका भव्यरुपमा मनाउँछन् । तिहार प्रकाशको पर्व हो, त्यसैले यसलाई दीपावली भनिएको भन्दा फरक पर्दैन ।
परापूर्व कालमा आ आफ्नो घरमा शुद्ध गाइको घ्यू तथा शुद्ध तोरीको तेलमा माटोको पालामा दियो बाल्ने प्रचलन थियो । यस्तो शुद्ध प्रकारका तेलमा दियो बाल्ने गर्नाले हाम्रो वरपर रहेका अवाञ्छित र स्वास्थ्यका लागि हानिकारक तत्व नष्ट हुनुका साथै हाम्रो मष्तिष्कमा सकारात्मक उर्जा प्रवातिहमा मद्धत पुग्ने बिश्वास गरिन्छ । गाइको शुद्ध घ्यूको तेलमा बत्ति बालेर केही समय हेर्नाले आखाको ज्योति तेज हुने समेत बिश्वास गरिने बुढापाकाहरुको भनाइ छ । वास्तबमा दियो हाम्रो समाजमा दैनिक नित्यकर्म तथा पूजाआजामा नबालिने पनि होइन ।
यो दैनिक रुपमा बिहान तथा बेलुका आरती गरिन्छ । बालिएन भने पूजा अपूर्ण हुन्छ । तर, तिहारमा बालिने दियो बिशेष उत्सवको रुपमा मानिने भएकोले यसले परस्पर सद्भाव र सामाजिक समरसता एवम् भातृत्व कायम राख्न मद्दत मिल्दछ । तिहारमा लक्ष्मी पूजाको आराधरा गर्ने हुनाले यसलाई धनवन्तरी (धनतेरस) पनि भनिन्छ । धनधान्यकी देवी लक्ष्मी हुन् । साथै घरको मूल ढोकामा दिपावली गर्नाले यमराज प्रसन्न भई दिर्घजीवन प्रदान गर्ने समेत बिश्वास गरिन्छ ।
कुनै नकारात्मक सन्देश प्राप्त गर्न नपरोस् तथा नकारात्मक किराहरुको प्रवेश नहोस् भन्नाले गाईको गोबरले घर लिपपोत गरिन्छ अनि झ्यालढोकालाई समेत सयपत्री र मखमलीको माला पहि¥याएपछि प्रकाश र सजावटले मनमोहक बन्दछ । बास्नादार धुप, मखमली र सयपत्री फूलको मगमग सुगन्धले वातावरणले एक किसिमको मादकता प्रदान गर्दछ । परापूर्वकालमा कन्या केटीले भैलो गीत गाउ“दै घरघरमा भैली खेलिन्थ्यो भने गोबद्धन पूजाको दिन कुमार केटाले देउसी खेल्ने परम्परा रहिआएको थियो ।
तर, आजकल सबै दिन सबै वर्गका महिला तथा पुरुषहरुले देउसी भैलो खेल्ने गरेका छन् । आजभोलि देउसीभैलो खेल्दा उच्छृङ्खल र अश्लील शब्द प्रयोग हुने हुँदा देउसीभैलोको महत्व घट्दै गएको छ । तिहारमा घरघरमा झिलिमिलि बनाइनु धार्मिक, सामाजिक, सांस्कृतिक तथा मनोबैज्ञानीक सबै दृष्टिले महत्वपूर्ण छ । दीपावली स्वच्छता र प्रकाशको विशेष पर्व मान्न सकिन्छ । अन्धकारलाई परास्त गरेर उज्यालोको यात्रा हो जीवन भन्ने पावन सन्देश दिन्छ तिहारले । धार्मिक कथन अनुसार त्रेतायुगमा भगवान श्री राम, लक्ष्मण र सीता १४ बर्ष बनवास पूरा गरी फर्कदा कार्तिक कृष्ण पक्षको आ“ैसीको रात थियो ।
सोही अनुरुप अयोध्यावासीले आवागमनको खुसीयालीमा उनीहरुको प्रत्येक पाइलामा दियो बालिएको हुनाले हरेक वर्ष सोही तिथिमा दीपावली गरिएको हो भन्ने जनबिश्वास रहिआएको छ । यसका साथै, कुवेरको बास होस् भन्नाले पनि दियो बालिने प्रचलन रहेको छ । मानव सभ्यताको सबैभन्दा उत्सवमय पर्व तिहार । गाउघरमा माटोको पाली भन्दा पनि क्यामुनाको पातको खोरी बनाई तथा केराको सुत्लामा बत्ति बालिने परम्परा अझै रहिआएको छ । आजकल बजारमा पाइने रेडिमेट पालाभन्दा त्यो कयौ गुणा स्वस्थ्यकर छ । हाम्रो वास्तुशास्त्र अनुसार बत्ती बाल्दा थुप्रै प्रकारका वास्तुदोष निवारण हुने विस्वास गरिन्छ ।
घयूको बत्तीबाट निस्केको सुगन्धित धुवा“ले वातावरणमा रहेका मानव स्वास्थ्यको लागी हानी गर्ने किटाणुहरुको नास गर्छ । अझै बत्तीलाई पूर्व फर्काएर बाल्दा आरोग्य र उत्तर फर्काएर बाल्दा धन लाभ हुन्छ भन्ने बिश्वास गरिन्छ । दीपावली प्रकाश र सुगन्ध, मिष्ठान्नको त्यौहार हो, पर्व हो । जहा“ थरीथरीका रंगले पोतिन्छ । जुन पर्वको आफ्नै बिशेषता छ । जसले परम्परा र संस्कृति तथा आधुनिकता र परम्पराको ðयूजनलाई दर्साउँछ । यो पर्वले मानव जीवन र पशुपंक्षीसंग प्रगाढ सम्बन्धलाई समेत छर्लड्ड पार्दछ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
रिना खनाल । काठमाडौं