सूचनाको शक्ति - The Power Of Information

        

रामायणमा रणवीर रामको भूमिकामा

फिल्म स्टारहरू हरेक फिल्ममा नयाँ–नयाँरुप रङ्गमा देखिन्छन् । यसका लागि कयौँले आफूमा अनेकौँ बदलाव ल्याएका हुन्छन् । यो बदलाव फिजिकल लुक्समा मात्रै सीमित हुन्न ।

कहिलेकाहीँ आन्तरिक बदलाव पनि देख्न पाइन्छ । भारतीय अभिनेता रणवीर कपुरले पनि यस्तै खास तयारी गरिरहेका छन्, आफ्नो आगामी फिल्म रामायणका लागि । निर्देशक नितेश तिवारीको यो फिल्ममा रणवीर भगवान् रामको भूमिकामा देखिँदैछन् ।

यो भूमिकामा आफूलाई चुर्लुम्म डुबाएका उनले रक्सी छुँदै छोएका छैनन् । सुटिङ पूरा नहुँदासम्म माछामासु पनि हात नलगाउने रिपोर्ट्सहरु आइरहेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार ०६:०५

लोकप्रिय