सूचनाको शक्ति - The Power Of Information

        

भीषण युद्धबीच इजरायलमा बाइडेन, बुधबार के–के भयाे ?

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजाको एउटा अस्पतालमा भएको विस्फाेटकाे पछाडि प्यालेस्टाइनी अतिवादीको हात हुन सक्ने बताएका छन् । बुधबार इजरायल भ्रमण गरेका बाइडेनले यस घटनामा इजरायलको भनाइलाई समर्थन गरेका हुन् ।

इजरायल पुगेपछि बाइडेनले यो विस्फाेटबाट आफू निकै दु:खी र क्रोधित भएको पनि बताएका छन् । इजरायली सेनाले  प्यालेस्टाइनी रकेटकाे असफल निशाना अस्पतालमा खसेकाे दाबी गरेकाे छ ।

प्यालेस्टाइनी अधिकारीहरूले भने इजरायलले हवाई आक्रमणमा अस्पताललाई निशाना बनाएको बताएका छन् ।गाजाका स्वास्थ्य अधिकारीहरूले याे आक्रमणमा करिब पाँच सय जनाको मृत्यु भएको बताएका छन् ।

यद्यपि मृतकको कुल संख्याको आधिकारिक पुष्टि भने भइनसकेको बीबीसीले जनाएकाे छ ।

अस्पतालमा आक्रमणको प्रभाव

बुधबार जो बाइडेनले इजरायल र त्यसपछि जोर्डन भ्रमण गर्ने तालिका थियाे । जोर्डनमा अरब राष्ट्रका राष्ट्र प्रमुखहरूसँग उनको भेट तय भइसकेको थियो । बैठकमा प्यालेस्टाइनी प्राधिकरणका अध्यक्ष महमुद अब्बास पनि सहभागी हुने कार्यक्रम थियाे ।

तर मंगलबार साँझ गाजा शहरको अल-अहली अरब अस्पतालमा भएको विस्फाेटपछि बाइडेनकाे याे महत्वपूर्ण भ्रमणमा ग्रहण लाग्याे । विस्फोटपछि सम्पूर्ण क्षेत्रमा तनाव बढेको छ । विश्वका धेरै ठाउँमा याे घृणित आक्रमणकाे विरोध सुरु भएको छ ।

बाइडेन बुधबार तेल अवीव पुग्दा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उनलाई विमानस्थलमा स्वागत गरेका थिए । बाइडेन र नेतान्याहुले संयुक्त पत्रकार सम्मेलनलाई पनि सम्बोधन गरे ।

बाइडेनले भने, ‘गाजाको अस्पतालमा हिजो भएको विस्फाेटबाट म एकदमै दुःखी र क्रोधित छु ।’

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार ०९:४७

लोकप्रिय