सूचनाको शक्ति - The Power Of Information

        

एमाले सुदुरपश्चिम प्रदेश अधिवेशनमा आज निर्वाचन

नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश कमिटीको नेतृत्व चयनका लागि मंगलबार निर्वाचन हुँदैछ ।

धनगढीमा जारी प्रथम अधिवेशन अन्तर्गत निर्वाचनका लागि उम्मेदवारहरुको दरखास्त फारम मंगलबार बिहान वितरण गरिने छ ।

निर्वाचन कमिटीका अनुसार उम्मेदवारको प्रारम्भिक नामावली मंगलबार बिहान प्रकाशन गरिने र उम्मेदवारको नाम फिर्ता लिन दिउँसो २ बजेसम्मको समय तोकिएको छ ।

निर्वाचन कार्यतालिका अनुसार आजै अन्तिम नामावली प्रकाशन हुने र मतदानको समय साँझ ५ बजेलाई तोकिएको छ ।

प्रदेश कमिटीको अध्यक्षमा निवर्तमान उपाध्यक्ष अछामका कमल तिमिल्सिना सहित नेता कृष्णप्रसाद जैसी र कञ्चनपुरका बचन सिंहले आकांक्षा देखाएको बुझिएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलवार ०९:२९

लोकप्रिय