सूचनाको शक्ति - The Power Of Information

        

सोनापुरको आईपीओमा सर्वसाधारणको अनिच्छा

शंकास्पद वित्तीय विवरण देखाएर सर्वसाधारणलाई प्रिमियम भाउमा शेयर बिक्री गर्न सुरू गरेको सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओप्रति सर्वसाधारणको चासो न्यून देखिएको छ ।

सर्वसाधारणका लागि खुलेको ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता आईपीओमा आइतबारसम्म जम्मा २४ लाख २६ हजार ९० कित्ता आवेदन परेको छ ।

सामान्यतया आईपीओ खुलेको दुई दिनभित्रै मागभन्दा बढी आवेदन पर्ने विगतको अनुभवका आधारमा सोनापुर मिनरल्सको आईपीओ त्यस अवधिका ‘सोल्ड आउट’ नहुने संकेत देखिएको लगानीकर्ताको भनाइ छ ।

वित्तीय विवरण शंकास्पद भएका कारण सचेत लगानीकर्ताले उच्च मूल्य तिरेर कम्पनीको आईपीओमा आवेदन दिन नखोजेको सेयर लगानीकर्ता मित्रलाल श्रेष्ठको भनाइ छ ।

उहाँले भन्नुभयो– ‘अहिले धितोपत्रको दोस्रो बजारमा वाणिज्य बैंककै सेयर २ सय रुपैयाँभन्दा कम मूल्यमा पाइन्छ । तत्कालै लाभांश पनि आउँछ । तर, घाटा रहेको कम्पनीको सेयर महँगोमा किन्नु चाहिँ मूर्खता हो ।’

ऋण ब्याज नतिरेर ब्याजलाई पुँजीकरण गरेर नाफामा देखाउने तथा नियमकसँगको मिलेमतोमा सर्वसाधारणलाई ठगी गर्न निकालिएको आईपीओ स्थानीयबासीले बहिष्कार गरेका थिए ।

आईपीओको १० कित्ते प्रवृत्ति लगानीकर्ताले नबुझेर आवेदन दिएका छन् । त्यसकारण उनीहरू पछुताउनुपर्ने अवस्था चाँडै आउने लगानीकर्ता श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार ०१:५८

लोकप्रिय