सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० असोज ४ गते बिहीवारको राशिफल

२०८० असोज ४ गते बिहीवार, २१ सेप्टेम्बर २०२३ । भाद्र शुक्लपक्ष षष्ठी तिथि, १०ः०८ बजेपछि सप्तमी । अनुराधा नक्षत्र, १२ः५३ बजेपछि ज्येष्ठा । चन्द्रराशि वृश्चिक ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले समस्या समाधान गर्न सकिनेछ । सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ । काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ उठाउन सकिनेछ । धेरै सक्रियता स्वास्थ्यका लागि बाधक बन्न सक्छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ । पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ । विभिन्न सहयोग र उपहार हातलागी हुने समय छ । नयाँ कार्य थालनी गर्न सकिनेछ । रमाइलो यात्रा गर्ने साइत जुर्नेछ । अतिथिका रूपमा मानसम्मान प्राप्त हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन् । अवसरवादीहरूबाट अलि सजग रहनुहोला । मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ । काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ । प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सुखद समाचार प्राप्त हुनुका साथै दिन उत्साहपूर्ण रहनेछ । अध्ययनले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ । मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ । भौतिक साधन जुट्नाले कामको अलमल समाप्त हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला । निर्णय लिएर पनि काम रोक्नुपर्ने परिस्थिति आउनेछ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन् । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ । व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् । नयाँ काम प्रारम्भ गर्ने समय छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ । मान–सम्मान प्राप्त हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

सुन्दर पहिरनमा मन रमाउनेछ । आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ । कामले जीवनशैली व्यस्त रहनेछ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ । मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । पहिलेको सफलताले उत्साह जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुनेछ । सानो प्रयासले नै काम बन्नेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउनेछ । तर प्रतिफलका लागि समय पर्खनुपर्ला । विशेष काममा लगानी गर्न ठिक पारेको रकम अरूका लागि खर्च हुन सक्छ । सरसापटमा धन बाहिरिने समय छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ । प्रगतिमा ईर्ष्या गर्नेहरूले पनि अवरोध पुर्याउनेछन् ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । रोकिएको काम बन्नुका साथै जिम्मेवारी समेत बढ्न सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । श्रमको उचित मूल्य पाइनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । पेसा–व्यवसायमा फाइदा हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापार–व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ । मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मेहनत गर्दा राम्रै फाइदा हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार ०७:०४