कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ८ बोडगाउँमा छोराले बुबाको हत्या गरेका छन् ।
हिजाे साँझ मादक पदार्थ सेवन गरी घर आएका अन्दाजी २५ वर्षका छोरा लुरे भनिने भुवन दर्जीले ६२ वर्षीय बुबा बलबहादुर दर्जीलाई दाउराले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
बुबाछाेराबीच पटकपटक झगडा हुने गरेको थियाे । दाउरा प्रहारबाट गम्भीर घाइते भएका बलबहादुरलाई उपचारका लागि अस्पताल पुर्याइए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।
हत्या अभियाेगमा भुवनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके