सूचनाको शक्ति - The Power Of Information

        

युट्युब ट्रेन्डिङमा फिल्म `एक भगवत् गीता´ को ट्रेलर

झरना थापा निर्देशित फिल्म ‘एक भगवत् गीता’ को ट्रेलर युट्युब ट्रेन्डिङमा परेको छ  ।

ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ट्रेलर रिलिजको दुई दिनमै युट्युबको १८ औँ ट्रेन्डिङमा परेको हो ।

सकारात्मक प्रतिक्रिया कमेन्टमा पाइरहेको फिल्मको ट्रेलरलाई हाल सम्म ४ लाख माथि दर्शकले हेरिसकेका छन् ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र मधेस समुदायको कथावस्तुलाई समेटिएको छ । सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् ।

  फिल्मको संवाद झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढुङ्गेल र कृष्णको पटकथा परिक्षेद र पुरुषोत्तमले लेखेका हुन्  । फिल्म भदौ २९ गतेबाट प्रदर्शनमा आउँदै छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार ०८:४३

लोकप्रिय