२०८२ मंसिर २६ , शुक्रबार 12, December 2025, Friday

विश्वकप छनोटः भुटानलाई हराउँदै नेपालले दर्ता गर्‍यो तेस्रो जित

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० भदौ १७ गते आइतबार

आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्रको छनोटमा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको छ ।

जितका लागि पाएको ४० रनको लक्ष्य नेपालले १३ ओभरमा पुरा गर्यो ।

नेपालका लागि रुविना क्षेत्रीले नटआउट १२ रन बनाइन् । कविता जोशीले ९ रन, सीता राना मगरले ८, पूजा महतोले ३ रन बनाइन् ।

अन्य ब्याट्सम्यान चल्न सकेनन । भुटानका लागि अन्जुली घलेले ३, छिरिङ जाङमोले २, अन्जु गुरुङ र सोनमले १-१ विकेट लिए ।

यसअघि भुटानले ८ विकेटको क्षतिमा ३९ रन बनाएको थियो । भुटानका लागि दिचेन वाङ्मोले २१ रन जोड्नु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भुटानका ४ जना खेलाडी शून्य रनमा आउट भएका थिए । दुई जनाले १-१ रन जोडे भने एक जनाले ३ रन मात्रै बनाए ।

टस जितेर पहिलो बलिङ गरेको नेपालका लागि पूजा महतोले ३ विकेट लिइन् । यस्तै कविता कुँवर, रुविना क्षेत्री र खुसी डंगोलले १-१ विकेट लिए ।

प्रकाशित मिति : २०८० भदौ १७ गते आइतबार