सूचनाको शक्ति - The Power Of Information

        

थाइल्यान्डका राजाद्वारा प्रधानमन्त्री स्रेथा नेतृत्वको नयाँ मन्त्रिमण्डल अनुमोदन

थाइल्यान्डका राजा महा वजिरालोङकोर्नले स्रेथा थाभिसिनलाई प्रधानमन्त्री र अर्थमन्त्रीको रूपमा नियुक्त गर्दै नयाँ मन्त्रिमण्डललाई अनुमोदन गर्नुभएको छ ।

त्यहाँका राजाले ६ जना उपप्रधानमन्त्री र अन्य मन्त्रीसहित ३४ जना मन्त्रीलाई नियुक्त गर्नुभएको राजपत्रमा प्रकाशित गरिएको छ ।

गठबन्धन सरकारको नेतृत्व गरिरहेको फेउ थाई पार्टीले रक्षा, अर्थ, यातायात, वाणिज्य, जनस्वास्थ्य र विदेश मामिलालगायत १० वटा मन्त्रालयको जिम्मेवारी पाएको छ ।

गठबन्धन साझेदार भुमजैथाई पार्टीले गृह, शिक्षा र श्रम मन्त्रालयको जिम्मेवारी सम्हाल्ने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

थाइल्यान्डको संविधानअनुसार मन्त्रिपरिषद्का नयाँ सदस्यले राजासमक्ष निष्ठाको शपथ लिनुपर्छ र पदभार ग्रहण गर्नुअघि संसदमा नीतिगत वक्तव्य दिनुपर्छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतवार ०७:४१

लोकप्रिय