२०८२ कात्तिक २२ , शनिबार 8, November 2025, Saturday

सिंहदरबारमा आगो लाईदिने मेयर साहको चेतावनी

सत्यपाटी
सत्यपाटी । काठमाडौँ
२०८० भदौ १७ गते आइतबार

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरपालिकाको गाडी रोकिएको भन्दै केन्द्र सरकारप्रति आक्रोश पोख्नुभएको छ ।

शनिबार राती सामाजिक सञ्जालमा लेख्दै मेयर साहले अबका दिनमा महानगरपालिकाका गाडी रोकिए सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिनुएको छ ।

सरकालाई ‘चोर’ को संज्ञा दिँदै उहाँले आजबाट पनि महानगरपालिकाका गाडी रोकिए सिंहदरबारमा आगो लाईदिने भन्दै सरकारलाई याद राख्न भन्नुभएको छ ।

मेयर साहले महागरका गाडीलाई कहिले कहाँ अवरोध भयो भन्ने चाहीँ खुलाउनु भएको छैन । मेयर साहको उक्त स्टाटसप्रति भने सामाजिक सञ्जालमा तीब्र प्रतिक्रिया देखिएको छ ।

नौ घण्टाको अवधिमा झण्डै तीन लाख जनाको लाइक र ९० हजार प्रतिक्रिया मेयर साहको स्टाटसमा देखिएका छन् । ती मध्ये अधिकांश प्रतिक्रिया मेयर साहको समर्थनमा रहेका छन् ।

यस्तो छ मेयर साहको फेसबुक स्टाटस :

‘आजको लागी केही भएन , भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’

प्रकाशित मिति : २०८० भदौ १७ गते आइतबार