योग समिति नेपालको दिक्षान्त समारोह सम्पन्न भएको छ । ४ महिनाको तालिमपछि आज नेपालगञ्जमा समापन भएको समारोहमा १ सय १२ जना दिक्षित भएका छन् ।
योग समिति नेपालका अध्यक्ष एवं योगगुरु गिरिराज भट्टराईको अध्यक्षतामा भएको गुरुदिक्षा ग्रहण तथा प्रमाणपत्र वितरण समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै लुम्विनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले नेपालगञ्जमा मात्र नभइ देशका हरेक नागरिकले योग गर्नुपर्ने बताए ।
उनले योग समिति नेपालले चाहेको खण्डमा प्रत्येक वडामा योगा हलको व्यवस्था गरिनुपर्ने बताए । योगका लागि आफूले गर्न सक्ने कामबाट कहिल्यै पनि पछि नहट्ने प्रतिबद्धता ब्यक्त गरे ।
योग जीवनको महत्वपूर्ण आधार भएको भन्दै उनले योगको सम्पूर्ण विकासका लागि लुम्बिनी प्रदेशको नेपालगञ्ज उपमहानगरपालिका अग्रपंक्तिमा रहने विश्वास व्यक्त गरे ।
यस्तै नेपालगञ्ज उपमहानगरपालिका १२ का वडाध्यक्ष तरुणकुमार वज्रचार्यले योग स्वास्थ्यको सञ्जीवनी भएकोले नेपालगञ्जलाई योगमय बनाउने बताए । योगले मनलाई शान्त राख्ने काम गर्ने भएको भन्दै उनले योगका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको जानकारी दिए ।
कार्यक्रममा समितिका सल्लाहकार नन्दलाल बैश्य, अधिवक्ता विश्वजीत तिवारी, वडा नम्बर २ का अध्यक्ष मनोजकुमार श्रेष्ठ, जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारीे हरिशचन्द्र शर्मा लगायतले नेपालगञ्जलाई योगमैत्री शहरको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
यस्तै कार्यक्रममा बिभिन्न बिधाबाट १५ जनालाई योग गुरु भट्टराईले सम्मान स्वरुप मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा योग समिति नेपालका सचिव एवं कार्यक्रम संयोजक निर्मला शाह, योग प्रशिक्षक अरुण सिँह लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन झविलाल शर्माले गरेका थिए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके