२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

आजदेखि एमाले लुम्बिनी प्रदेश अधिवेशन सुरु हुँदै

नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले)को प्रथम लुम्बिनी प्रदेश अधिवेशन बुटवलमा आजदेखि सुरु हुँदैछ ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज र भोलि हुने अधिवेशनका लागि विभिन्न जिल्लाहरूबाट प्रतिनिधिहरू बुटवलमा आइसकेका छन् ।

अधिवेशन उद्घाटनका लागि पार्टीका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू दिउँसो साढे १२ बुटवल आउँदैछन् । केन्द्रीय तहका केही नेताहरू  बुटवलमा आएर बसेका छन् ।

सम्मेलन पूर्व बिहान १० बजेदेखि बुटवलका १९ वटै वडाहरू, छिमेकी पालिका तथा जिल्लाबाट सहभागी हुन आउने कार्यकर्ताले राजमार्ग चौराहाबाट जुलुस तथा झाँकीसहित सम्मेलन स्थलमा प्रवेश गर्नेछन्।

आज अधिवेशन उद्घाटन हुनेछ भने भोलि बन्द सत्र कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २०८० भदौ १६ गते शनिबार