सूचनाको शक्ति - The Power Of Information

        

एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दै

एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान  खेल्दैछन् । संसारभरबाट रुचिकासाथ हेर्ने यो खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको पाल्लिकेमा शुरु हुनेछ ।

एसिया कपको आयोजक पाकिस्तान भए पनि भारत नजाने भएपछि श्रीलङ्कामा खेल हुन लागेको हो । भारत र पाकिस्तानको क्रिकेट खेललाई दुवै देशले ठूलो प्रतिष्ठाको विषय बनाउँदै आएका छन् । एसिया कपको आफ्नो पहिलो खेलमा पाकिस्तानले नेपाललाई हराएको थियो भने  भारतले आज पहिलो खेल खेल्न लागेको हो ।

नेपाल र भारतबीचको खेल पर्सि सोमवार हुनेछ ।  भारतले सर्वाधिक ७ पटक एसिया कपको उपाधि जितेको छ भने पाकिस्तानले दुई पटक मात्रै उपाधि जितेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार ०८:२९

लोकप्रिय