सूचनाको शक्ति - The Power Of Information

        

भारतले आज सूर्यमा आफ्नो पहिलो यान प्रक्षेपण गर्दै

 भारतले सूर्यमा आफ्नो पहिलो मिसन प्रक्षेपण गर्ने तयारी गरेको छ ।

भारत चन्द्रमाको दक्षिणी ध्रुव नजिकै अवतरण गर्ने पहिलो देश बनेको केही हप्ता नपुग्दै सूर्यमा आफ्नो पहिलो अवलोकन मिसन सुरु गर्ने तयारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आदित्य १ नाम दिइएको उक्त प्रक्षेपण आजै आन्ध्र प्रदेशको श्रीहरिकोटको प्रक्षेपण प्याडबाट बिहान ११ बजेर ५० मिनेटमा उडान सुरु हुने भारतीय संचार माध्यमले जनाएका छन् । यो पृथ्वीबाट ९३ माइलको दूरीसम्म पुग्ने भारतीय खगोलशास्त्रीहरुको अनुमान छ ।

उक्त दूरी पार गर्न आदित्य १ लाई करिब चार महिना लाग्ने बताइएको छ । सौर्यमण्डलको सबैभन्दा ठूलो वस्तुको अध्ययन गर्न भारतको पहिलो अन्तरिक्ष आधारित मिशन सूर्यको नाम आदित्य राखिएको हो ।

सो यानले पृथ्वीको गतिमा सूर्यको परिक्रमा गर्ने बताइएको छ । भारतीय अन्तरीक्ष अनुसन्धान एजेन्सी (इसरो) एक पटक अन्तरिक्ष यानले उडान भरेपछि सूर्यको नजिकै वतरण गर्नुअघि नै पृथ्वीको पटक –पटक पटक परिक्रमा गर्ने छ ।

यान प्रक्षेपण अघि यसको सफलताको लागि इसरो प्रमुख एस सोमनाथले आन्ध्र प्रदेशको तिरुपति जिल्लाको चांगलम्मा रहेको मन्दिरमा पूजा अर्चना गरेका भारतीय संचारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार ०८:२६

लोकप्रिय