२०८२ कात्तिक २३ , आइतबार 10, November 2025, Monday

फिल्म ‘एक भगवत् गीता’ को ट्रेलर सार्वजनिक (भिडियो)

सत्यपाटी
सत्यपाटी । काठमाडौँ
२०८० भदौ १५ गते शुक्रबार

झरना थापा निर्देशित फिल्म ‘एक भगवत् गीता’ को ट्रेलर सार्वजनिक भएको छ।

ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ट्रेलरमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र मधेस समुदायको कथावस्तुलाई समेटिएको छ ।

सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् ।  फिल्मको संवाद झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढुङ्गेल र कृष्णको पटकथा परिक्षेद र पुरुषोत्तमले लेखेका हुन्  ।

फिल्ममा राजेश श्रेष्ठको छायांकन, मित्र डी गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष् अविरल र प्रवेश मल्लिेकको सङ्गीत रहेको छ ।

भदौ २९ गते बाट प्रदर्शनमा आउन लागेको फिल्ममा विपीन कार्की, सुहाना थापा, धिरज मगर, जेभिस श्रेष्ठ, जेभिन श्रेष्ठ, कविर खड्का, संजोग रसाइली, अनुराग कुँवार, रामकैलाश ठाकुर, मदन ठाकुर, धिरज ठाकुर, मुकेश झा, सुरेन्दर भण्डारी, गंगा झा, केसब क्षेत्रीलगायत कलाकारको अभिनय छ।

प्रकाशित मिति : २०८० भदौ १५ गते शुक्रबार