सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा विषालु च्याउ खाँदा दाजुबहिनीको मृत्यु, आमा बिरामी

बझाङमा विषालु च्याउ खाँदा दुई बालबालिकाको मृत्यु भएको छ भने आमा बिरामी परेकी छन् ।

जयपृथ्वी नगरपालिका–६ नौरामा जंगली विषालु च्याउ खाँदा १२ वर्षीया सुदीप कठायत र उनकी ७ वर्षीया बहिनी सञ्जिला कठायतको मृत्यृ भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले जंगली च्याउ खाएर गम्भीर बिरामी परेका उनीहरुको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जानकारी दिए ।

उनकाअनुसार सञ्जिलाको जिल्ला अस्पतालबाट डडेल्धुरा ल्याउने क्रममा बिहीबार बिहान र डडेल्धुराबाट धनगढी ल्याउने क्रममा सुदीपको बिहीबार राति बाटोमै मृत्यु भएको हो ।

बिरामी परेकी आमा पुनी कठायतको भने जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार १७:३६

लोकप्रिय