सूचनाको शक्ति - The Power Of Information

        

फिल्म ‘टाइगर ३’ को रिलिज मिति परिवर्तन

भारतीय अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफको फिल्म ‘टाइगर ३’ को निर्माताले नयाँ रिलिज मिति घोषणा गरेका छन् ।

यसअघि यो फिल्म २१ अप्रिल २०२३ मा रिलिज हुने तय भएपनि अब २०२३ को दिपावलीको अवसरमा हलमा रिलिज हुनेछ । यससँगै निर्माताले फिल्ममा सलमानको लुक पनि दर्शकसँग सेयर गरेका छन् ।

सलमानको लुक सेयर गर्दै निर्माताले लेखेका छन्, ‘टाइगर २०२३ मा दीपावलीको अवसरमा ठूलो पर्दामा रिलिज हुनेछ । यो हिन्दीका साथै तमिल र तेलुगु भाषामा पनि रिलिज हुनेछ ।’

यो फिल्म टाइगर फ्रेन्चाइजको तेस्रो भाग हो । यस फिल्ममा ‘र एजेन्ट टाइगर’ (सलमान ) र ‘आईएसआई एजेन्ट जोया’ (कट्रिना ) को कथा देखाइनेछ । टाइगर ३ मा सलमान खान र कट्रिना कैफसँगै इमरान हाश्मी पनि मुख्य भूमिकामा छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार फिल्मको पोस्ट प्रोडक्सनको काममा ढिलाइ भएपछि निर्माताले फिल्मको रिलिज मिति परिवर्तन गर्नुपरेको हो ।

सलमान खानको आगामी फिल्मको बारेमा कुरा गर्दा उनले टाइगर ३ भन्दा पहिले फिल्म ‘किसी का भाइ किसकी जान’ रिलिज हुनेछ । फिल्म ३० डिसेम्बर क्रिसमसको अवसरमा रिलिज हुँदैछ ।

यो फिल्मलाई साजिद नाडियाडवालाले निर्देशन गरेका हुन् । यसमा सलमान खानका अलावा पूजा हेगडे, शहनाज गिल, राघव जुयाल र जस्सी गिल पनि मुख्य भूमिकामा देखिनेछन् ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतवार ०९:१३