सूचनाको शक्ति - The Power Of Information

        

सुटिङकै क्रममा रहेको ‘पुष्पा २’को कथा लिक !

कोरोना कारण थलिएको फिल्म उद्योगलाई दक्षिण भारतीय फिल्म ‘पुष्पाः द राइज’बाट केही तङ्ग्रियो ।

त्यसपछि आएका अधिकांश दक्षिण भारतीय फिल्महरूले भारतमा मात्र नभएर नेपालसहित देशका बक्सअफिस तताए ।

‘केजिएफ २’, ‘आरआरआर’, ‘विक्रम’ जस्ता फिल्महरूको बक्स अफिस कलेक्सन निकै लोभलाग्दो छ । कोरोनापछि बक्सअफिस तताएको अल्लु अर्जुन स्टारर ‘पुष्पाः द राइज’को अब भने दोस्रो भाग आउने भएको छ ।

फिल्म बन्ने खबरसँगै यसको कथा लिक भएको समाचारले पनि चर्चा पाएको छ ।

फिल्मको दोस्रो भाग ‘पुष्पाः द रुल’ मा श्रीवल्लीको भूमिका देखिएकी नायिका रश्मिका मन्दानालाई खलनायक फहाद फासिलले मार्ने खबर बाहिरिएसँगै सामाजिक सञ्जालमा फिल्मबारे अनेकौं अड्कलबाजी सुरु भएको छ ।

कथा लिक भएको विषयमा फिल्मको टीम भने अहिलेसम्म मौन छ । टीमले अहिलेसम्म औपचारिक रूपमा कथा लिकको बारेमा नबोलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अहिले धमाधम सुटिङ चलिरहेको फिल्म सन् २०२२ भित्रै प्रदर्शनमा ल्याउने निर्माण पक्षको तयारी छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार १८:०२