सूचनाको शक्ति - The Power Of Information

        

यसै साता श्वेउत पत्र जारी हुने

काठमाडौं । नयाँ सरकार आएपछि तत्काल श्वोतपत्रको तयारी सुरु गरेता पनि अहिलेसम्म जारी हुन सकेका छैन। अर्थमन्त्रालयका प्रवक्ता अर्जुन पोखरेल भने यसै साता भित्र श्वोतपत्र जारी हुने बताउ“छन्। समग्र अर्थतन्त्र झल्कनेगरी यसै साता श्वेनतपत्र जारी गरिने छ, त्यसको तयारी भइरहेको छ पोखरेलले भने। तर, अर्थका एक अधिकारीका अनुसार श्वेहतपत्रको काम सकिसकेपनि अर्थमन्त्रीले अध्यकयन नगरेको कारण ढिला भएको छ । छिटो गरौँ भने अनुसारनै हामीले तयारी गरेको हो, अघिल्लो साता नै हाम्रो तर्फबाट काम सकिएको छ अर्थका एक अधिकारीले भने उहाँनै धेरै व्यस्त हुनु भयो, अब छिटै जारी हुन्छ होला वर्तमान आर्थिक अवस्था र भविष्यमा लिनुपर्ने रणनीतिहरु समेटेर सरकार श्वेपतपत्र जारी गर्न थालेको हो। वर्तमान स्थिति र भविष्यमा चाल्नुपर्ने रणनीति समेटेर श्वेतपत्र जारी गर्ने अन्तिम तयारीमा छौं । अर्थमन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख उत्तर कुमार खत्रीले भने। श्वेतपत्रमा संघीय प्रदेशका विषयहरु समेत समावेश गरिएको अर्थका अधिकारीहरुले बताएका छन्। रेमिटेन्स वृद्धिदर खुम्चिएको, राजस्व संकलन सोचे अनुसार नभएको, संघीय प्रणालीमा खर्च बढिरहेको अवस्थामा व्यापार घाटा निरन्तर उकालो लागिरहेको र बजेट समेत घाटामा चलेको अवस्थामा श्वे तवपत्र जारी गर्न थालिएको हो। श्वेतपत्र जारी भएपछि व्यापार घाटा कम गर्न गर्नु पर्ने काम र जिम्वेवारी तोकिएको निर्यातको प्राथमिकतामा के राख्ने लगायत विषयलाई अध्यावधिक गरिएको अर्थका अधिकारीहरुले बताएका छन्। त्यस्तै शेयर लगानीकर्ताहरुले माग गरेबोमोजिम शेयर बजारमा सरकाले लिने रणनीतिको विषय पनि समावेश गरिएको छ।

प्रकाशित मिति : १३ चैत्र २०७४, मंगलवार १७:३०