सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमितको संख्या ३०४ पुग्यो

काठमाडौं । नेपालमा फेरि ९ जना कोरोना संक्रमित थपिएका छन् । रौतहटका ८ र बाराका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । रौतहटको इशनाथ नगरपालिका वडा नम्बर २,३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष तथा रौतहटकै माधव नारायण नगरपालिका ३ की २८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बाराको करैयामाई–५ निवासी ३८ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ । हालसम्म कोरोनाबाट २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउनको जेठ २० गतेसम्म कायम गरेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार १०:१४