सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा कोरोना संक्रमितको संख्या २५० पुग्यो

काठमाडौं । नेपालमा एकैदिन सात जना कोरोना संक्रमित थपिएका छन् । सर्लाही, धनुषा, महोत्तरी, काठमाडौं र कपिलबस्तुमा गरी बिहीबार सात जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बिहान पौने ८ बजे सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार सर्लाहीको धान्कौल नगरपालिकाका २५ वर्षीय पुरुष, धनुषाको जनकपुर उपमहानगरपालिका र मिथिला नगरपालिका निवासी क्रमशः ४० वर्षीय पुरुष र २० वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ । यस्तै महोत्तरीको जलेश्वर नगरपालिका र बलवा नगरपालिका निवासी १६ र ३५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

आजै बिहान काठमाडौंको चन्द्रागिरी नगरपालिका निवासी ३२ वर्षीय पुरुष र कपिलबस्तुकी ६ वर्षीया बालिकामा पनि कोरोना पुष्टि भएको थियो । उनीहरु सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको छ ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । अहिलेसम्म प्रदेश नम्बर २ मा सर्वाधिक कोरोनाको बिरामी फेला परेका छन् । प्रदेश २ मा १०३ जना संक्रमित पुगेका छन् । बिहीबार बिहान सर्लाही, धनुषा र महोत्तरीमा पनि ५ जना नयाँ संक्रमित थपिएसँगै प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या १०३ पुगेको हो । प्रदेश नम्बर २ मा सबैभन्दा पहिले पर्साको वीरगन्जमा कोरोनाको पहिलो केस देखिएको थियो ।

त्यसयता अहिलेसम्म प्रदेश नम्बर २ का ७ जिल्लामा कोरोनाको संक्रमण देखिइसकेको छ । हाल सिराहामा भने कोरोना संक्रमित फेला परेका छैनन् । पर्सामा हालसम्म ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने बारामा ३, धनुषामा ५, रौतहटमा ३, महोत्तरीमा ४, सर्लाहीमा २ र सप्तरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसपछि प्रदेश ५ मा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रदेश १ मा ३५, बागमतीमा ११, गण्डकीमा २ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परेका छन् । कर्णाली प्रदेश भने हालसम्म कोरोना मुक्त छ । यस्तै ३५ जना कोरोना निको भएर घर फर्किसकेका छन् । यस्तै सुुरक्षामा खटिएका ३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि कपिलबस्तुमा एक नर्समा पनि कोरोना संक्रमित भएका थिए । पछिल्लो समय फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मी, स्वास्थ्कर्मी तथा पत्रकारमा कोरोना पुष्टि हुन थालेको छ । मंगलबार भक्तपुरमा बस्दै आएका रामेछापमका एक सशस्त्र प्रहरीका जवानमा पनि कोरोना पुष्टि भएको थियो । यस्तै वीरगन्जका दुई पत्रकारमा पनि कोरोना पुष्टि भएको छ ।

हालसम्मको जिल्लागत विवरण :

जिल्ला

कुल संक्रमित

जम्मा मृत्यु

निको भएको

आज

१

पर्सा

८५

०

३

२

रुपन्देही

२८

०

१

३

उदयपुर

३२

०

१४

४

कपिलवस्तु

३९

०

०

 १

५

बाँके

२५

०

०

६

काठमाडौं

५

०

३

१

७

धादिङ

२

०

२

८

कैलाली

४

०

४

९

बारा

३

०

०

१०

धनुषा

५

०

०

२

११

रौतहट

३

०

१

१२

बाग्लुङ

२

०

२

१३

चितवन

२

०

२

१४

झापा

२

०

१

१५

महोत्तरी

४

०

०

२

१६

भक्तपुर

२

०

०

१७

बर्दिया

१

०

०

१८

भोजपुर

१

०

१

१९

कञ्चनपुर

१

०

१

२०

नवलपरासी (पश्चिम)

१

०

०

२१

सप्तरी

१

०

०

२२

सर्लाही

२

०

०

१

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहीबार ०८:४६