सूचनाको शक्ति - The Power Of Information

        

घरभित्रै सुटिङ भयो फिल्म ‘लकडाउन’

बाँके । कोरोना भाइरसको त्रासका कारण विगत एक महिनादेखि देशभर गरिएको लकडाउन अहिले पनि जारी छ । लकडाउनका कारण सर्वसाधारण, भिआइपीदेखि सेलिब्रेटीसम्म घरभित्र रहन बाध्य छन् । लकडाउनका कारण सबैक्षेत्रको गतिविधि अहिले ठप्प भएको छ । यस्तो अवस्थामा पनि अभिनेता सन्दीप क्षेत्री ‘लकडाउन’ नामक छोटो फिल्म निर्माण गरेका छन् ।

सन्दीपले आफ्नै लेखन तथा कथामा फिल्म तयार पारेका हुन् । फिल्ममा वरिष्ठ कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, किरण केसी, निर्मल शर्मा, संजय श्रेष्ठ, सन्दीप क्षेत्री लगायतको अभिनय समेटिएको छ । लकडाउनको बेला घरबाहिर निस्कन मन लागेको एक युवाको कथा समेटिएको फिल्म घरभित्रै सुटिङ गरिएको हो ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतवार ११:२४