सूचनाको शक्ति - The Power Of Information

        

फिल्म ‘आदिपुरुष’ले हालसम्म कति कमायो ?

निकै विवादमा रहेको फिल्म आदिपुरुषले छैटौं दिन हिन्दी, तमिल, तेलुगु, मलयालम, कन्नड पाँचै भाषाबाट विश्वभर करिब २० करोड कलेक्सन गरेको छ ।

योसँगै आदिपुरुष फिल्मले छ दिनमै ४१८ करोडको विश्वव्यापी कलेक्सन गरेको छ ।

सुरुका ६ दिनमा आदिपुरुष फिल्मको विश्वव्यापी कलेक्सन करिब ४१८ करोड रहेको छ ।

छिट्टै नै यस फिल्मले ५०० करोड क्लबमा प्रवेश गर्ने बताइएको छ । विवादमा परेता पनि फिल्मले कलेक्सन भने ठिकै गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार ०८:४२