सूचनाको शक्ति - The Power Of Information

        

रिलिज हुनु अगावै ‘आदिपुरुष’ ले कमायो ४३२ करोड

प्रभास, कृति सेनन र सैफ अली खानको प्रतीक्षित फिल्म ‘आदिपुरुष’ रिलिजको अन्तिम तयारीमा छ । फिल्मको टिजर र गीतले फिल्मप्रति दर्शकलाई कौतुहलता बढाइरहेको छ ।

फिल्मका निर्माताले रिलिजअघि नै कुल बजेटमध्ये ८५ प्रतिशत रकम उठाइसकेका छन् । अर्थात फिल्मले रिलिजअघि नै ४३२ करोड सुरक्षित गरिसकेको छ । करिब ५०० करोड बजेटमा बनेको फिल्ममा ओम राउतको निर्देशन छ ।

फिल्मले नन थिएट्रिकल रेवेन्यू, जसमा सेटलाइट राइट्स, म्युजिक राइट्स, डिजिटल राइट्स र अन्य राइट्स गरेर २४७ करोड कमाएको हो । यसबाहेक साउथमा थिए ट्रिकल रेभिन्यूबाट एमजीका रुपमा १८५ करोड कमाएको छ ।

फिल्मका व्यापार विश्लेषकले फिल्मले आक्रामक ओपनिङ गर्ने दाबी गरेका छन् । फिल्मले हिन्दी संस्करणमै रिलिजको तीन दिनमा १०० करोड कमाई गर्ने उनीहरूको ठोकुवा छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार १३:३४