सूचनाको शक्ति - The Power Of Information

        

एकीकृत समाजवादीमा प्रवेश गर्दै घनश्याम भुसाल

नेकपा एमाले परित्याग गरी प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उमेदवार बनेका घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी गरेका छन् । एकीकृत समाजवादी प्रवेशका लागि उनले प्रस्ताव पनि पठाएका छन् ।

उनको प्रस्ताव आज बसेको केन्द्रीय सचिवालय बैठकबाट स्वीकार गरिएको छ । ‘उहाँको प्रस्ताव आजको सचिवालय बैठकले स्वीकार गरेको छ । लगभग कुुरा टुंगिसकेको छ । अब हामी एउटा प्रस्ताव पठाउँछौँ । त्यसपछि उहाँलाई पार्टीमा स्वागत गछौँ,’ एकीकृत समाजवादीका एक नेताले भने ।

भुसालले एकीकृत समाजवादीमा आउनका लागि महासचिव पदमा आकांक्षा राखेका छन् । अहिले सचिवालय सदस्य बनाउने तयारी भएको ती नेताले बताए । ‘उहाँले खुलेरै त भन्नुभएको छैन, आशयचाहिँ पार्टी महासचिवको देखिन्छ । कुन पद दिने भन्ने निर्णय भइनसके पनि अहिलेलाई सचिवालय सदस्य बनाइन्छ होला,’ ती नेताले भने ।

गएको मंसिर ४ गते भएको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर–१ बाट स्वतन्त्र उमेदवारी दिएका भुसाल एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए । त्यसयता एकीकृत समाजवादीका नेताहरूले उनलाई पार्टीमा आउन आग्रह गरेका थिए । भुसालले सो पार्टीलाई पठाएको प्रस्तावमा कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन एकीकृत समाजवादीका नेताहरूले सकारात्मक प्रयास गरेको बताएका छन् ।

‘अनौपचारिक छलफलमा नेकपा (एकीकृत समाजवादी)का सबैजसो नेता–कार्यकर्ताले विचार, सिद्धान्त र लोकतान्त्रिक विधिमा कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित र एकीकृत गर्न आवश्यक सबै नीति र संरचनाका लागि देखाउनुभएको तत्परता सकारात्मक छ,’ भुसालको प्रस्तावमा उल्लेख गरिएको छ ।

यस्ता छन् घनश्यामले अघि सारेका पाँच प्रस्ताव :

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार १३:२०