सूचनाको शक्ति - The Power Of Information

        

फिल्मको कमाई सार्वजनिक गरेकोमा करिश्माको बोर्ड सँग चित्त दुखाइ

चलचित्र विकास बोर्डले फिल्मको कमाई  सार्वजनिक गरेपछि नायिका करिश्मा मानन्धरले आपत्ति जनाएकी छिन् ।

गत हप्ताबाट प्रदर्शनमा आएको उनी अभिनीत फिल्म `बगान´ कमाई  विकास बोर्डले सार्वजनिक गरेपछि करिश्माको टाउको दुखाइको विषय बनेको हो ।

फिल्म प्रदर्शन भइरहेको समयमा कमाई सार्वजनिक गर्नु ठिक नभएको बताउँदै उनले फिल्म नउत्रिएसम्म व्यापार सार्वजनिक गर्न नपाउने नियमको लागि पहल गर्नुपर्ने बताएकी छन् ।बोर्डको स्थापना गलत समयमा सूचना प्रकाशित गर्नका लागि नभएको उनको तर्क छ ।

सामाजिक सञ्जालमा तिलको विषय बनेको कमाइलाई पहाड बनाउँदै उनी लेख्छिन् :सरकारी तवरले नेपाली चलचित्र क्षेत्रलाई सम्बोधन गर्ने संस्था चलचित्र विकास बोर्ड हो ।

विकास बोर्ड द्वारा नेपाली चलचित्र सम्बन्धी सार्वजनिक हुने समाचार तथ्यमा आधारित हुनुपर्छ होला ! जबसम्म चलचित्र , चलचित्र भवनमा चलिरहेको हुन्छ , तबसम्म दर्शक तान्ने सम्भावना रहिरहेको हुन्छ ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलवार १४:२१