सूचनाको शक्ति - The Power Of Information

        

सलमानको फिल्म ‘किसी का भाई किसकी जान’ को फितलो कमाई

भारतीय अभिनेता सलमान खानको फिल्म ‘किसी का भाई किसकी जान’ ले पहिलो दिनमा नै फितलो कमाई गरेको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्मले रिलिजको पहिलो दिन १५ करोड ८१ लाख भारतीय रुपैयाँकाे व्यापार गरेको हो । तर, फिल्मकाे बाँकी विवरण भने आएको छैन् ।

ईदको अवसरमा रिलिज भएको यो सलमानको अहिलेसम्मको सबैभन्दा कमजोर ओपनिङ फिल्म साबित भएको छ । ५ हजारभन्दा बढी स्क्रिनमा रिलिज भए पनि फिल्मको आँकडा राम्रो छैन् ।

सलमान खानका लागि ईद सधैं लक्की रहेपनि यसपटक भने उनको फिल्म सफल हुन सकेन । ‘किसी का भाई किसकी जान’ एक पूर्ण पारिवारिक ड्रामा फिल्म हो, जसमा रोमान्स, एक्सन, पारिवारिक ड्रामा, कमेडी सबै मनोरञ्जनात्मक तत्वहरू समावेश गरिएको छ।

कथा औसत छ, तर अप्रत्याशित छ । फरहाद सामजीको निर्देशनमा बनेको यस फिल्ममा सलमान बाहेक पूजा हेगडे, वेंकटेश, भूमिका चावला, शहनाज गिल, पलक तिवारी, राघव जुयाल जस्ता कलाकारहरुको अभिनय रहेको छ ।

यसपटक फिल्मलाई सलमानको प्रशंसकहरुले खासै रुचाएका भने छैनन् ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतवार ०९:००